गण्डकीका मुख्यमन्त्री अधिकारीले प्रचण्डसँग भने,‘तपाई केन्द्र हाक्नुँस, म प्रदेश हाँक्छु’

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफुले प्रदेश हाक्ने प्रतिवद्धता जनाएका छन् । प्रचण्डलाई भेट्न बालुवाटार पुगेका अधिकारीले प्रचण्डसँग आफ्नो स्पिरिट मिलेको बताएको जनाइएको छ ।

मंगलवार विश्वासको मत लिएका प्रचण्डसँग प्रदेशमा मन्त्रिमण्डल विस्तार लगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री अधिकारी बालुवाटार पुगेको बताइएको छ।

काम गर्ने सवालमा प्रचण्ड र आफ्नो स्पिरिट मिलेको बताएका छन् । अधिकारीले भेटमा केन्द्र सरकार तपाईं हाक्नुस्, प्रदेश म हाँक्छु भनेंको बताइएको छ।’

भेटका अवसरमा संघीयताको मर्मअनुसार काम गर्नेबारे पनि कुराकानी भएको अधिकारीले जानकारी दिए । भेटमा सरकार विस्तारका बारेमा छलफल भएको छ । साथै दुवैले एकअर्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

अधिकारी पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

  • २७ पुष २०७९, बुधबार ०९:२४ प्रकाशित