पोखरा ।
जातीय विभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको भन्दै उनी माथि आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
वडा सदस्य मैया नेपालीले वडाध्यक्षले अपमानजनक अपशब्द बोलेर जातिय विभेद गरेको भन्दै उजुरी दिएकी थिइन् । नेपालीलाई ‘तेरो परिवारको हैसियत के हो रु वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ जस्तो अपमानजनक शब्द प्रयोग गरेको भन्दै वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् ।
अधिकारीले पटकपटक अमयार्दित अमानवीय, गैरकानुनी शब्दहरु प्रयोग गरेर दुव्र्यवहार गर्दै पदीय दायित्व भुलेकाले कारबाहीको माग गरिएको थियो ।
वडा सदस्य नेपालीलाई पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच दोहोरो संवाद हुँदै गर्दा अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।














