कांग्रेसको समर्थनमा ओलीको शंका,भने,‘जाल फ्याँकेको हो भने माछा पर्नेवाला छैन’

केन्द्रभाग मिडिया

काठमाडौै ।

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएकापछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शंका व्यक्त गरेका छन् ।

ओलीले कांग्रेसले फाइदाका लागि विश्वसाको मत दिन लागेको भन्दै आशंका जनाएका हुन् उनले यस्तो हो भने त्यो सफल नहुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्री ओलीले कांग्रेसले दिन खोजेको समर्थनमा शंका व्यक्त गरेका हुन् ।

‘यस समर्थनभित्र सदाशयताबाहेक अन्य कुरा छैन भन्ने विश्वास छ । यदि यो समर्थन कुनै जाल होइन भने यो समर्थन ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने भन्न चाहान्छु, जाल हो भने भन्न चाहान्छु माछा नभएको नदीमा जाल फ्याँकेको छ, उनले भने यसभित्र भोलिका निम्ती अरु खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रित्तै हुने छ । त्यो ढोक्सा थापिएको खोला वा खोल्सीबाट कुनै माछा बग्ने छैनन् ।’

  • २६ पुष २०७९, मंगलवार १५:४२ प्रकाशित