पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (मंगलबार) डलरको भाउ घटेको छ भने युरो र पाउण्डको भाउ बढेको छ ।
आज डलर एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैया ०८ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको थियो ।
यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ३० पैसा र बिक्रीदर १४० रुपैयाँ ९४ पैसा रहेको छ । हिजो भने युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा १३९ रुपैयाँ ४७ पैसा रहेको थियो।
आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६० रुपैयाँ ११ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३२ पैसा थियो ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५ रुपैयाँ १५ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ३० रुपैयाँ १९ पैसा रहेको छ ।