दाङ ।
नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।
प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । तर त्यसको एक दिन अगाडि नै गिरीले माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् ।
सोमबार सत्तासाझेदार दलहरूको देउखुरीमा बसेको बैठकले मंगलबार बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आज ४ बजेसम्म प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गरिने एमाले संसदीय दलका नेता लिला गिरीले बताए । उनले सत्तासाझेदार दलहरु र स्वतन्त्र २ जना सहित ५५ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेको बताइएको छ ।













