गण्डकीमा पहिलो मन्त्रिपरिषद्को निर्णय : मृगौलापीडितका लागि डायलासिस सेवा विस्तार गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले मृगौलापीडितका लागि डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

मृगौला पीडितका लागि प्रदेश अन्तर्गतका ११ जिल्लामा मृगौला पीडितहरुलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने निर्णय भएको मन्त्री सिता सुन्दासले जानकारी दिइन् । मन्त्री सुन्दासलाई पहिलो मन्त्रिपरिषद् बैठकले प्रवक्ता तोकेको हो ।

मन्त्री सुन्दासका अनुसार मृगौला पीडितलाई डायलासिस सेवा सहित मन्त्रिपरिषदले पाँचबुँदे निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री खगराज अधिकारीसहित मन्त्रीहरु हरिबहादुर चुमान, सीता सुन्दास र पञ्चराम गुरुङ सम्मिलित बैठकले पाँच बुँद्दे निर्णय गरेको हो ।

यी हुन्, पहिलो मन्त्रिपरिषदका निर्णय : 

  • लोकतन्त्रको लागि भएका जनआन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति सम्मान तथा हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने ।
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण जनसमुदाय, राष्ट्रसेवक कर्मचारीहरु र सरोकारवाला सबैमा बधाई तथा धन्यवाद प्रदान गर्ने ।
  • गण्डकी प्रदेशमा रहेका डायलासिस सेवा आवश्यक पर्ने मृगौला रोगका बिरामीहरुलाई ११ जिल्लामा मृगौला पीडितहरुलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने ।
  • प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न सुशासन कायम गर्न र सेवाप्रवाह सहज बनाउनका लागि सुझाव पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने ।
  • मन्त्रिपरिषद्को प्रवक्ता सीता सुन्दासलाई तोक्ने ।
  • २५ पुष २०७९, सोमबार २०:४३ प्रकाशित