गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित ४ मन्त्रीले लिए शपथ

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

अधिकारीलाई आजै नियुक्त गरेका गुरुङले बेलुका ५ बजे पछि सपथ ग्हण कार्यक्रम आयोजना गरेका थिए । एमाले संसदीय दलका नेता रहेका अधिकारीलाई माओवादी, राप्रपा र एक स्वतन्त्र गरी ३३ सांसदको समर्थनसहित रहेको छ ।

अधिकारीले मुख्यमन्त्रीको सपथ सगै तीन जना मन्त्रीको पनि सपथ ग्रहण गराएका छन् । अधिकारीले माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङलाई विना बिभागीय मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री र मन्त्रीहरु मन्त्रिपरिषद्को कार्यालयमा पुगे लगत्तै मन्त्रिपरिषद्को बैठब बसेको छ । बैठक सकेर मुख्यमन्त्रीले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

  • २५ पुष २०७९, सोमबार १८:५७ प्रकाशित