काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गर्दै प्रतिनिधि सभा भंग हुनु प्रतिगमन नभएको बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गदै पूर्व प्रधानमन्त्री ओलीले जनताको ताजा जनादेश लिन जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने जिकिर गरेका हुन् ।
प्रतिनिधि सभा विघटन प्रतिगमन हो भने संसदीय व्यवस्थाको जननी बेलायतमा हिजो अस्ति पनि प्रतिगमन भएको बताए ।
ओलीले भने– नयाँ जनादेश माग्न जानु प्रतिगमन हो भने संसदीय व्यवस्थाका जननी बेलायतमा अस्तिसम्म पनि प्रतिगमन भइरहेको थियो । प्रतिनिधि सभा भंग हुनु प्रतिगमन होइन, संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन होइन,अन्यत्रबाट सरकार ढाल्न लागियो भने त्यो प्रतिगमन हो । कुठाउँबाट सरकार बनाउनेमा जाँदैन जानु हुँदैन ।













