पोखरा ।
प्रदेश प्रमुखले गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई निुयुक्ती गरेसगै पूर्वमुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपालली पोखरेलले संघीय सरकारले असहयोगको कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा आफ्नो अन्तिम पात्रकार सम्मेलन गदै नेपालीले गठबन्धनको सरकार भएकाले पनि सोचेजस्तो काम गर्न नसकेको स्विाकार गरे ।
जाँदाजाँदै नेपालीले प्रदेश सरकार सरकारको रुपमा होस् भन्ने आफ्नो चाहना रहेको बताए । यो सरकार आए पछिका आर्थिक तथ्याङकले पनि सकारात्मक संकेत गरेको उनको दाबी थियो ।
नेपालीले संघ सरकारले सहयोग नगरे प्रदेश सरकार अगाडी बढ्न गार्हो हुने बताए । प्रहरी समायोजन, कर्मचारी ऐन, बनको अधिकार र जग्गाको स्वामित्वग्रहणमा संघ सरकारले सहयोग नगरेको उनको भनाई थियो । संघ सरकारले ऐन नल्याउदा प्रदेश निजामती र स्थानीय कर्मचारीका लागि अध्यादेश ल्याउन बाध्य भएको बताए ।
सरकारले विकासलाई योजनाबद्ध र दिगो बनाउन योजना बैंकको धारण अगाडी सारीएको नेपालीले बताए ।













