नेपालले प्रचण्डलाई भने, ‘जनताले देख्नेगरी काम होस,बोलीमा सामन्ज्यस्यता आओस’

केन्द्रभाग मिडिया

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिएका छन् ।

मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘उहाँले केही गरेर देखाउने, नयाँ ढंगले अघि बढ्ने र नमुना काम गरेर देखाउने र सबै क्षेत्रमा सुधारसहित आमुल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनताले देख्नेगरी काम होस् । बोली र व्यवहारमा सामन्ज्यस्यता आओस् ।’

देशमा राजनीतिक स्थायित्व जनताले चाहेको उल्लेख गर्दै विगतको शिक्षा ग्रहण गरेर अघि बढ्ने बताए ।

  • २५ पुष २०७९, सोमबार १६:०९ प्रकाशित