प्रदेश १ को सभामुख बाबुराम गौतम बन्ने पक्का

केन्द्रभाग मिडिया

विराटनगर ।

प्रदेश १ को सभामुख बाबुराम गौतम हुने भएका छन् । सत्ता साझेदार दलहरूका बिचमा बाँडफाँड हुँदा प्रदेश १ को सभामुख माओवादीको भागमा परेको थियो ।

माओवादीको भागमा सभामुख परेसँगै माओवादीले गौतमलाई सभामुख बनाउने तयारी गरेको हो । उनी ओखलढुंगा १ (२)बाट निर्वाचित भएका हुन् ।
माओवादीका केन्द्रीय सदस्य समेत रहेका गौतमलाई माओवादी हेडक्वाटरले सभामुख बनाउन चाहेको छ ।

  • २५ पुष २०७९, सोमबार १०:५९ प्रकाशित