वागमतीको मुख्यमन्त्रीमा माओवादीका शालिकरामले दाबी पेस गर्ने

केन्द्रभाग मिडिया

हेटौँडा । वागमती प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शालिकराम जम्मकट्टेलले सोमबार प्रदेश प्रमुखककोमा दाबी पेस गर्ने भएका छन् ।

सत्तारुढ गठबन्धनको भागवण्डाअनुसार एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको वागमती प्रदेशमा पहिलो नेतृत्व माओवादी केन्द्रले गर्ने निर्णय भएसँगै संसदस्य दलका नेता समेत रहेका जम्मकट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

तत्कालिन एमाले(माओवादी सरकारमा डोरमणी पौडेल क्याविनेटमा आन्तरिक मामिला तथा काूनमन्त्री रहेर ४३ महिना काम गरेका जम्कट्टेल वर्तमान सरकरको पनि आर्थिक मामिला मन्त्री रहेका छन् ।

  • २५ पुष २०७९, सोमबार १०:४५ प्रकाशित