भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना : ४ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

कैलाली ।

भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् । अन्य दुईजनाको सनाखत हुन कसको छैन ।

शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा करिब १५ जना घाइते भएको बताइएको छ । उनीहरूको उपचार भइरहेको छ ।

  • २५ पुष २०७९, सोमबार १०:४२ प्रकाशित