पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा १३९ रुपैयाँ ४७ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३२ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३३ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९९पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा रहेको छ ।