पेट्रोलको भाउ घट्यो: कति घट्यो ? सूचीसहित

केन्द्रभाग मिडिया

File photo

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । हिजो(आइतबार)आकस्मिक बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरात १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँग अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ पर्ने भएको छ ।निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको जनाएको छ । ग्यासमा उच्च घाटा रहेकाले मूल्य घटाउन नसकिएको निगमले जनाएको छ ।

यस्तै निगमले आन्तरिक हवाई इन्धनमा २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३० रुपैयाँ घटाएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ ।

  • २५ पुष २०७९, सोमबार ०९:१८ प्रकाशित