गण्डकीमा सत्ता गठबन्धनले भोली मुख्यमन्त्रीको दाबी पेश गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
केन्द्रबाट निर्देशन नआउदा गण्डकी प्रदेशमा आज पनि सरकार गठनकाल लागि दलहरुले दाबी पेश गर्ने सकेनन् । दिनभर केन्द्रको निर्देशन कुरेर बसेका नेताहरु अवेरसम्म पनि खवर नपाए पछि दाबी पेश गर्न सकेनन् । गण्डकीमा नेकपा एमाले र नेकपा माओवादीको मुख्यमन्त्रीमा दाबी छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरुलाई दाबी पेश गर्न भोली अर्थात पुस २५ गते बेलुका ४ बजेसम्मको समय दिएका छन् । गण्डकी प्रदेशमा मुख्यमन्त्रीले लिने र सभामुख माओवादीलाई दिने गरी सहमती गर्न अध्यक्ष केपी शर्मा ओलीलाई भनेको बताएका छन् । सोही अनुसार एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री दाबी पेस गर्ने तयारीमा छन् । सत्तारुढ गठबन्धनको तर्फबाट उनले सोमबार दाबी पेस गर्ने बताइएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । एमालेसँग २२, माओवादीको ८ सिट छ । केन्द्रीय गठबन्धनका सामेल भएको राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको गण्डकीमा २ सिट छ । यी तीन वटा दल मिलेर गण्डकीमा ३२ सिट पुग्छ ।
प्रदेश सभामा नेपाली कांग्रेकासँग २७ सांसद छन् । गण्डकीमा एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे सत्ता गठबन्धनलाई समर्थन गर्ने संकेत गरेका छन् ।

  • २४ पुष २०७९, आईतवार १८:१४ प्रकाशित