सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।
सत्ता साझेदार दलको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिने मिति तय भएसँगै आज सत्ता साझेदार दल छलफलमा जुटेका हुन् ।

बैठकले सत्ता साझेदार दलबीच समन्वय गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वातावरण तय गर्नेछ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत छन्।

नागरिक उन्मुक्ति पार्टी भने आजको बैठकमा सहभागी छैन। पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरू प्रतिपक्षमा बस्ने बताएकी छन्। विश्वासको मत दिनेरनदिनेबारे पार्टीले भोलि निर्णय गर्ने श्रेष्ठले बताइन्।

  • २४ पुष २०७९, आईतवार १८:११ प्रकाशित