गुल्मीको रेसुङ्गा एयरपोर्टमा डेमो उडान सफल

केन्द्रभाग मिडिया

File photo

गुल्मी ।

गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रमाणीकरण (प्रुभिङ–डेमोस्ट्रेसन) उडान सफलतापूर्वक सम्पन भएको छ ।

आज बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको हो ।

यसअघि पनि २०७५ जेष्ठ २५ गते तारा एयरले नै टेष्ट फ्लाइट गरेको थियो । तारा एयरले रेसुङ्गा नगरपालिकासंगको सहकार्यमा प्रमाणीकरण (प्रुभिङ)उडान सम्पन गरेको हो ।

उक्त जहाजमा तारा एयरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सन्जिव श्रेष्ठले उडान भरेका थिए ।

  • २४ पुष २०७९, आईतवार १५:१८ प्रकाशित