आज आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ

केन्द्रभाग मिडिया

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार नेपाल आएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकेर फर्किसकेकी छन् । नयाँ राजदूत जिम्मेवारी सम्हाल्न आज बिहान आएका हुन् ।

नवनियुक्त राजदूत सोङ केही दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ ।सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल भइसकेका छन् ।

  • २४ पुष २०७९, आईतवार १४:४३ प्रकाशित