भोलिदेखि कास्कीमा सञ्चालित क्रसर उद्योगहरूको अनुगमन गरिने

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की जिल्लामा सञ्चालित विभिन्न क्रसर उद्योगहरूको स्थलगत अनुगमन गरिने भएको छ।

नदिजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिको आइतबार सम्पन्न बैठकले कास्कीमा सञ्चालित क्रसर उद्योगहरूको भोलि (सोमबार)देखि अनुगमन गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए।

कास्की जिल्लामा सञ्चालित केही क्रसर उद्योगहरूले वातावरण तथा विकासका पूर्वाधारहरुमा समेत प्रतिकुल प्रभाव पारेको जन गुनासो बढेपछि उक्त उद्योगहरूको बैधता र सञ्चालनको अवस्था बुझ्न अनुगमन गरिनेछ ।

अनुगमन पछि त्यस्ता उद्योगहरुको विवरण तयार गरि कानुन तथा मापदण्ड विपरित सञ्चालित भएकालाइ कानुनको दायरामस ल्याइने भन्दै पौडेलले वातावरण र विकासका पूर्वाधारमा समेत असर पारेको देखिएमा कानुन बमोजिम कारबाही गरिने बताए।

जनहित तथा कानुन विपरित काम गर्ने जो कोहि पनि कानुनको दायरामा आउनु पर्ने र कानुनी राज्यको अनुभुती हुने गरि अब समिती क्रियाशिल हुनेछ पौडेलले उल्लेख गरेका छ्न।

जिल्ला समन्वय प्रमुख संयोजक रहने समितिमा जिल्लाका पालिकाका प्रमुखहरू , प्रमुख जिल्ला अधिकारी , जिल्लाका प्रहरी कार्यालयका प्रमुख , घरेलु कार्यालयका प्रमुख , डिभिजन बन कार्यालय कास्किका प्रमुख, सशस्त्र प्रहरी बल कास्कीका प्रमुख ,राष्ट्रिय अनुसन्धान पोखरा कार्यालयका प्रमुख ,कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका प्रमुख ,पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख,आन्तरिक राजस्व कार्यालय कास्कीका प्रमुख र जिल्ला समन्वय अधिकारी सदस्य रहने प्रावधान रहेको छ।

  • २४ पुष २०७९, आईतवार १४:२९ प्रकाशित