पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको अध्यक्षमा कविन्द्र पोखरेल

केन्द्रभाग मिडिया

 

पोखरा ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको अध्यक्षमा कविन्द्र पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासंघको ११ औं अधिवेशनले पोखरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना, दृतिय उपाध्यक्षमा ध्रुव पोखरेल, सचिवलमा सञ्जय आचार्य निर्वाचित भएका छन् ।

सहसचिवमा रामप्रसाद सुृवेदी र कोषाध्यक्षमा सूर्यमोहन आचार्य निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा दीपेन्द्र पोखरेल, सुजित गौतम, रमेश पौडेल, टिकाराम अधिकारी, प्रकाश प्रसाद पोखरेल, सुनिल सुवेदी, विष्णुप्रसाद पौडेल, दीपक सुवेदी, सकुन्तला पौडेल, लालवीर चौधरी, भुवन अधिकारी र डिप्लव केसी निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यले शनिबार नै सपथ लिए ।

यस अगाडि अधिवेशनको गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले पुस्तक तथा स्टेशनरी व्यवसाय आफैमा गौरवपूर्ण व्यवसाय रहेको बताए । ज्ञान बेच्ने व्यवसाय भएकाले आर्थिक लाभ अन्य व्यवसायमा जस्तो नहुने तर सन्तुष्टि भने मिल्न उनको भनाई थियो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा पत्रकार राजु गिरी, पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीका पूर्व अध्यक्ष ऋषिराम शर्मा भण्डारी र उत्कृष्ट व्यवसायी कमला सुवेदी र भोलानाथ अधिकारीलाई सम्मान गरिएको थियो ।

  • २३ पुष २०७९, शनिबार २१:२० प्रकाशित