अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

केन्द्रभाग मिडिया

नवलपरासी।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।

‘गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेको हुँदा स्वास्थ्य बीमा गर्न नसक्ने अपाङ्ग र विपन्नको गाउँपालिकाले नै बीमा गर्ने छ,’ उनले भनिन्, ‘कार्यविधिअनुसार गरिब तथा विपन्न परिवार पहिचान गरी स्वास्थ्य बीमामा समावेश गरिने छ ।’

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताए । सो कार्यक्रमका लागि गाउँपालिकाले चालू आर्थिक वर्षदेखि बजेटको व्यवस्था गरेको छ ।

  • २३ पुष २०७९, शनिबार १८:१७ प्रकाशित