पोखरा।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केहि भू–भागहरूमा शितलहर चलिरहेको छ
आज दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।
तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।













