प्रचण्डलाई विश्वासको मत दिन्छौं, शंका नगर्नुस् : जसपा नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टी जसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।

जसपा नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गर्दै मत दिने प्रतिवद्धता जनाएका हुन् ।

संसद भवनमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर लिखित रुपमा हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको बताए ।

  • २२ पुष २०७९, शुक्रबार १५:३६ प्रकाशित