साताको अन्तिम दिन आज डलरको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ घटेको छ ।

आज डलर एकको खरिददर १३१ रुपैयाँ ८० पैसा र बिक्रीदर १३२ रुपैयाँ ४० पैसा रहेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा थियो ।

आज पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ०० पैसा र बिक्रीदर १४० रुपैयाँ ६४ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २२ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा रहेको छ ।

  • २२ पुष २०७९, शुक्रबार १०:४७ प्रकाशित