ज्येष्ठ सांसद जबराद्धारा सर्वदलीय बैठक आह्वान : संसदको पहिलो बैठकका एजेण्डा तय हुने

केन्द्रभाग मिडिया

काठमाडौं । संसदको पहिलो बैठकका एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बस्दैछ ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे सर्वदलीय बैठक तय गरिएको भएको हो।

ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । स्वतन्त्र सांसद पनि सहभागी हुने छन् ।

सभामुखको निर्वाचनको नहुदाँसम्म बैठक सञ्चालन गर्ने प्रक्रिया, सभामुखको निर्वाचन प्रक्रियाका लागि प्रतिनिधि सभाको नियमावली अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ । सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।

  • २२ पुष २०७९, शुक्रबार ०९:५६ प्रकाशित