करेन्ट लागेर पोखरा माथिल्लो दीपका गुरुङको मृत्यु

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

पोखरा ।
पोखराको माथिल्लो दीपमा आज बिहान करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १ माथिल्लो दीपका १९ वर्षका श्रम गुरुङ रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार घरको छतमा नजिकैको हाईटेन्सन लाइनको करेन्ट लागेर गुरुङको मृत्यु भएको हो ।

साढे दुई तलाको घरको छतमा जानेक्रममा करेन्ट लागेर गुरुङ गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उद्धार गरि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

  • २१ पुष २०७९, बिहीबार १७:४४ प्रकाशित