अमेरिकाको भुटनीज क्लब आहा ! राराको फाइनलमा

केन्द्रभाग मिडिया

पोखरा।
अमेरिकाको भुटनीज युथ स्पोर्टस् क्लब मिनिसोटा २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पहिलो हाफको इन्जुरी टाइममा रोजिन प्रजापतिले गरेको गोल निर्णायक बन्दा पाहुना टोली पहिलो पल्ट फाइनल पुगेको हो ।

उसले अब शनिबार फाइनलमा संकटा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । पोखरा रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० ले पराजित गरेको अमेरिकी टोली पहिलो सहभागितामै फापइनल प्रवेश गरेको हो ।

अतिरिक्त गोलका थुप्रै अवसर पाए पनि भुटनीजले सदुपयोग गर्न भने सकेन । पहिलो हाफको ३ मिनेटको इन्जुरी टाइमको अन्तिम मिनेटमा रोजिनले हेडमार्फत उत्कृष्ट गोल गरेका हुन् । प्रवीण बस्नेतले दिएको एयर बलमा रोजिनले विपक्षी पोस्टको जाली चुमाए ।

  • २१ पुष २०७९, बिहीबार १७:३३ प्रकाशित