आज युरो र पाउण्ड उकालो लाग्यो, डलर स्थिर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ उकालो लागेको छ ।

आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६० रुपैयाँ १४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५९ पैसा थियो ।

यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीदर १४० रुपैयाँ ९० पैसा छ । हिजो भने युरो एकको खरिददर १३९ रुपैयाँ ६३ पैसा र १४० रुपैयाँ २६ पैसा थियो । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३२ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ १८ पैसा रहेको छ ।

  • २१ पुष २०७९, बिहीबार ०९:३३ प्रकाशित