काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाइ विभाग गठनको प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
महामन्त्री थापाले आज महाधिवेशनको छ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने भएपनि अहिलेसम्म टुङ्गो नलागेको भन्दै आसन्न केन्द्रीय समितिको बैठकमा विभाग गठनको प्रस्ताव ल्याउन सभापति देउवासँग आग्रह गरेका हुन् ।
महामन्त्री थापाले विभाग तथा भ्रातृ संस्थाहरु गठन नहुँदा पार्टीलाई परिचालन गर्न कठिनाई भएको समेत बताउदै सभापतिले नै विधानलाई कार्यान्वयन नगर्दा कतिपय विषयहरु अड्किएको बताए। विधानसंगत कार्य नहुँदा मातहतका कार्यसमितिलाई पूर्ण रुपमा परिचालन गर्न नसकिएको बताए ।
पार्टीको विधानले गरेको व्यवस्थाको प्रयोग गर्ने सर्वाधिकार सभापतिमा रहेको भन्दै उहाँले आफ्नो अधिकारको उचित तरिकाले पुर्ण कार्यान्वायन गर्न पनि आग्रह गरे । कांग्रेसमा महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने विधानको व्यवस्था छ । कांग्रेसको犀利士
केन्द्रीय समितिको बैठक आगामी २८ पुसमा बस्दै छ ।













