पोखरा ।
संकटा क्लब आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।संकटाले आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा एपिएफ फुटबल क्लबलाई ४(१ गोलले पराजित गरेको हो ।
संकटाको जितका लागि मेसउके र स्टेफिन बिनोङले दुई दुई गोल गरेका थिए।स्टेफिनले खेलको पाँचौ मिनेटमा गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका हुन्। ४३ मिनेटमा मेसउकेले संकटाको अग्रता दोब्बर पारेका थिए।
६१ मिनेटमा स्टेफिनले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे।८६ मिनेटमा मेसउकेले पनि व्यक्तिगत दोस्रो गोल गर्दा संकटाको अग्रता ४-१ मा पुग्यो।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि चर्च ब्वाइज र भुटानी युथ प्रतिस्पर्धा गर्नेछन्। विजेताले शनिबार संकटासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।















