काठमाडौं ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सारेको छ।पुस २२ गते बस्ने भनिएको निर्धारित बैठक सारेर २८ गते पुर्याएको हो।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे बस्ने पार्टी कार्यालय सानेपामा बस्नेछ।
प्रतिनिधिसभाको अधिवेशन पौष २५ गते प्रारम्भ हुने भएकाले २३ गते संसदीय दलको बैठक बोलाइएको छ ।













