एमाले मधेश प्रदेश संसदीय दलको नेतामा यादव

केन्द्रभाग मिडिया

जनकपुरधाम ‌।

नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत निर्वाचित भएका छन् ।

मंगलवार बेलुकीसम्म जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । उनी महोत्तरी क्षेत्र ४ (२)बाट निर्वाचित भएका हुन् ‌।

मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ ‌।

  • २० पुष २०७९, बुधबार १०:५५ प्रकाशित