इँटा भट्टाको छाप्रोमा आँखा फुटेको अवस्थामा मजदुर मृत भेटिए

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

महोत्तरीमा इँटा भट्टाका मजदुर आँखा फुटेको अवस्थामा मृत भेटिएका छन् ।

औरही नगरपालिका ७ स्थित एमटीएल इँटा भट्टामा मजदुरको काम गर्ने स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव इँटा भट्टाकै छाप्रोमा फेला परेको हो । उनी हिजो(मंगलवार) मृत फेला परेको हो ।

मृतक झाको बायाँ आँखा फुटेको देखिएकाले हत्याको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • २० पुष २०७९, बुधबार १०:४४ प्रकाशित