पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरो र पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५९ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा थियो ।
यस्तै आज युरो एकको खरिददर १३९ रुपैयाँ ६३ पैसा र १४० रुपैयाँ २६ पैसा छ । हिजो भने युरो एकको खरिददर १४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७३ पैसा रहेको थियो । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ २० पैसा र बिक्रीदर ३५ रुपैयाँ ३६ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा रहेको छ ।