राष्ट्रियसभा सदस्यको रिक्त रहेको पदमा माघ २५ गते निर्वाचन गर्ने आयोगको प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक पदमा आगामी माघ २५ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

आज ९सोमबार० प्रधानमन्त्री पुष्पकमल दाहालसँगको आयोगको पदाधिकारीको भेटवार्तामा यस्तो प्रस्ताव गरिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रधानमन्त्री दाहालसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा यस्तो प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री दाहालले तत्काल राष्ट्रियसभाको रिक्त रहेको एक पदमा उपनिर्वाचन गर्नको लागि तयारी थाल्न निर्देशन दिएका थिए ।

राष्ट्रियसभा सदस्यबाट एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट रिक्त रहेको छ ।

  • १९ पुष २०७९, मंगलवार १३:३८ प्रकाशित