काठमाडौं ।
खुकुरी प्रहार गर्ने काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसका तीन विद्यार्थी निष्कासित(रेस्टिकेट) भएका छन् ।
यही पुस १३ गते बिहान कक्षा सञ्चालन भइरहेका समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्काशन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी दिए।
आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए।














