पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा छ ।यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७३ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५ रुपैयाँ २९ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा रहेको छ ।