नेकपा एसको पोलिटब्युरो बैठक आजपनि

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक आज पुनः बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बस्ने समय तय भएको छ । हिजोबाट सुरु भएको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने छ ।

बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।शनिवार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको छ ।

  • १९ पुष २०७९, मंगलवार ०८:५९ प्रकाशित