पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य छन्त्याललाई पितृशोक

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य प्रकाश छन्त्याललाई पितृशोक परेको छ । उनका पिता नरबहादुर छन्त्यालको ६९ उमेरमा गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आइतबार साँझ ४ : ३० बजे निधन भएको हो ।

दमबाट पीडित उनलाई केहीदिन अगाडि अस्पताल भर्ना गरिएको थियो । स्वर्गीय छन्त्याल नेकपा मसालमा अवद्ध भई देशमा भएका विभिन्न राजनीति परिवर्तनका आन्दोलनमा सहभागी थिए । उनको बागलुङ स्थित तालुङ्खोला घाटमा सोमबार अन्त्यष्टि गरिएको छ । स्वर्गीय छन्त्यालका एक छोरा र एक छोरी छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले एक शोक विज्ञप्ति जारी गरेर स्वर्गीय नरबहादुर छन्त्यालको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कार्यसमिति सदस्य प्रकाश छन्त्यालसहित परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

  • १८ पुष २०७९, सोमबार १८:५५ प्रकाशित