गण्डकी प्रदेश सभाको पहिलो बैठकमा दुइ अध्यादेश टेबल

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बैठक बसेको हो । बस्यालले बैठकको शुरुमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पठाएको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै बस्यालले प्रदेश सभा सञ्चालन गर्न प्रदेश सभा समक्ष समर्थन मागेका थिए । बैठकमा प्रदेश सभा सदस्यहरुले समर्थन दिएपछि बैठक सञ्चालन गरिएको थियो ।

सरकारले प्रदेश सभाको पहिलो बैठकमा दुई अध्यादेश पेश गरेको छ । संसद नभएको बेला प्रदेश सरकारले जारी गरेका गण्डकी प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त समबन्धमा ब्यबस्था गर्न बनेको अध्यादेश र स्थानिय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेश गरिएको हो ।

ती विधेयक प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले ती पेश गरे । प्रदेश सभाको अर्को बैठक यहि पुस २९ गते दिउँसो १ बजे बस्ने छ ।

  • १८ पुष २०७९, सोमबार १७:५९ प्रकाशित