नेपाल राष्ट्र बैंकको ५ करोड भारु बन्यो बेकाम

केन्द्रभाग मिडिया

काठमाडौ ।

भारतले गरेको नोटबन्दीको निर्णय सही भएको भारतको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१६ मा नरेन्द्र मोदीको सरकारले ५०० र १००० दरका नोटबन्दी गरेको थियो । त्यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । अब मुद्दाको किनारा लागिसकेको छ ।

भारतको नोटबन्दी सँगै नेपालमा भएको ५०० र १००० दरका भारु साटिन पाएको थिएन । अहिले नेपाल राष्ट्र बैंकसँग भएको भारु ५ करोड ९नेपाली ८ करोड० रुपैयाँ बराबरको ५०० र १००० दरका भारु नोट रहेको छ । भारतको निर्णयसँगै यो रकम खोस्टामा परिणत भएको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।

  • १८ पुष २०७९, सोमबार १७:०२ प्रकाशित