जिसस महासंघ नेपालको राष्ट्रिय परिषद बैठक पौष २२ देखि पोखरामा

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति महासंघ नेपालको पूर्व निर्धारित चौथो राष्ट्रिय परिषद बैठक पोखरामा हुने भएको छ।

यहि पुस २२ र २३ गते हुने राष्ट्रिय परिषद बैठकको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने महासंघका अध्यक्ष नबराज गेलालले जानकारी दिए।

जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिती कास्किको स्थानिय व्यवस्थापनमा आयोजना हुने बैठकको पुष २२ गते बिहान १०:३० बजे सम्माननिय अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष गेलालले जानकारी दिए।

बैठकमा महासंघका देशैभरीका ७७ जिल्लाका जिल्ला समन्वय समितीका प्रमुख ,उप प्रमुख सहित् एक महिला सदस्य गरि २३१ प्रतिनिधि सहित करिब ३०० जनाको सहभागिता रहने ब्यबस्थापन संयोजक तथा जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए।

  • १८ पुष २०७९, सोमबार १६:१६ प्रकाशित