काठमाडौं ।
निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक पदका लागि माघ २५ गते उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार छलफल गर्ने क्रममा यस्तो सुझाव दिएको हो ।
छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अन्य समूहबाट राष्ट्रिय सभा सभामा लुम्बिनी प्रदेशसभाबाट निर्वाचित सदस्य खिमलाल भट्टराईको असोज २३ गते राजीनामा स्वीकृत भई रिक्त पदको उपनिर्वाचन गर्नुपर्ने भन्दै यस्तो सुझाव दिएका थिए ।













