रुपन्देही ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संसदीय दलको नेतामा संस्थापन समूहका डिल्ली चौधरी सर्वसम्मत निर्वाचित भएका छन्।
प्रदेशमा संस्थापन समूहका सांसदको बहुमत भएपनि यही समूहबाट धेरै जनाको दाबी परेकाले ढिलाइ भएको थियो । २७ सांसद रहेको कांग्रेसमा १५ जना संस्थापन र १२ जना इतर समूहमा रहेका छन् ।
दाङ क्षेत्र नम्बर ३ को १ बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित चौधरी अहिले पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री छन् ।













