पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६० रुपैयाँ ४९ पैसा छ ।यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०० पैसा रहेको छ ।
१० जापानी येनको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा रहेको छ ।