उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिडिओ र जिल्ला स्थित सुरक्षा प्रमुखको संयुक्त बैठक आह्वान गरेका छन् । मुलुकभरको सुरक्षा स्थितिको जानकारी लिन लामिछानेले भर्चुअल बैठक डाकेका हुन्। बैठक अहिले केहीबेरमा सुरु हुने बताइएको छ।
बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए ।
उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।













