बढाएको दूधको मूल्य फिर्ता : अब प्रतिलिटर कति रुपैया ?

केन्द्रभाग मिडिया

डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ ।

डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो ।

राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ । सोहिअनुसार यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारीसमा मन्त्रिपरिषदले दूधको मूल्य तोकेको थियो ।

  • १८ पुष २०७९, सोमबार ०९:०१ प्रकाशित