गण्डकी प्रदेशसभाको अधिवेशन आज

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशसभाको अधिवेशन आज सुरु हुँदैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मंगलबार विज्ञप्तिमार्फत जनाएका जानकारी दिएका थिए ।

आज ११ बजे सर्वदलीय बैठक बसदैछ। उक्त बैठकले नै संस्द बैठकको कार्यसूची तय गर्नेछ र प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार गठनको आह्वान भने गरेका छैनन् ।

नयाँ सरकार गठन नभएको हुनाले को सत्ता पक्ष र को प्रतिपक्ष भन्ने प्रष्ट छैन । संसदलाइृ काम दिने पनि सरकारले हो । तर सरकार नै नबनेको हुँदा संसद बैठकमा के गर्ने भन्ने पनि आजको सर्वदलीय बैठकबाट टुंगो लाग्नेछ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा विभिन्न ५ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एसमा प्रवेश गरेका राजीव गुरुङ सदस्य छन् ।

एमालेले नेता खगराज अधिकारी, नेपाली कांग्रेसले नेता सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रले नेता हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीले पञ्चमान गुरुङलाई संसदीय दलको नेता चुनिसकेका छन् ।

  • १८ पुष २०७९, सोमबार ०६:४५ प्रकाशित