देशकै आर्थिक विकासमा पोखरा विमानस्थलले महत्वपूर्ण योगदान दिनेछ : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

पोखरा ।
प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएसंगै यसले सिंगो राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास प्रकट गरेका छन् ।

विमानस्थलको आइतबार उद्घाटन गर्दै उनले यस्तो विश्वास प्रकट गरेका हुन् । अबको कार्यभार आर्थिक विकास र समृद्धि रहेको भन्दै उनले भाषण र बोल्ने कुरा कम गर्ने र विकास र समृद्धिलाई जोड दिने बताए ।

प्रधानमन्त्री प्रचण्डले आफू यसपाली गण्डकी प्रदेशका जनताको प्रतिनिधि पनि भएकाले यहाँको विकास आफ्नो प्राथमिकतामा पर्ने धारणा राखे । ‘गण्डकी प्रदेशकै जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बन्ने अवसर प्राप्त छु । यस कारणपनि गण्डकी प्रदेशप्रतिको मेरो जिम्मेवारी विशेष रहेको छ ।’ उनले भने, ‘यो पटक, सामाजिक न्याय, सुशासन र समृद्धिको मुलमन्त्र बनाएर काम गर्ने अठोट गरेको छु ।’

शान्ति सम्झौतामा आएदेखि र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि नै आफूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निरन्तर अन्र्तक्रिया गरेको उनले उक्त अवसरमा स्मरण गरे ।

पोखरेलीले विमानस्थल निर्माणका लागि अनसन बसको र त्यसलाई रोक्न गरेको पहल कदमी र विमानस्थल निर्माणका लागि चिनियाँसंग गरेको प्रयास पनि आफूले स्मरण गरिरहेको उनले बताए ।

  • १७ पुष २०७९, आईतवार १५:३२ प्रकाशित